Skip to content

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो

nmb bank inside

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। प्रसाईंलाई मंगलबार दिउँसो सर्वोच्च अदालतमा उपस्थित गराइएको हो।

उनलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि उनी पक्राउ परेका थिए । सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सिआइबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्