Skip to content

काठमाडौं महानगरले निःशुल्क भिडियो एक्स-रे सेवा दिने

nmb bank inside

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको छ। महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो।

महानगरपालिकाका अनुसार सुरुमा वडा १२, २६ र ३० बाट सेवा दिइनेछ। आइतबार र सोमबार वडा १२, १९ र १४ का सेवाग्राहीका लागि वडा १२ मा, मंगलबार र बुधबार वडा १६, २६ र २७ का सेवाग्राहीका लागि वडा २७ मा र बिहीवार र शुक्रबार वडा १० र ३० का सेवाग्राहीका लागि वडा नं। ३० स्वास्थ्य प्रवर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स(रे मेसिन राखिएको छ। सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्