काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिको लागि दरखास्त स्वीकृत भएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचनामा १२ जना आवेदकहरूको दरखास्त स्वीकृत भएको उल्लेख छ।
उक्त स्वीकृत भएकोमा आवेदक प्रा डा वेदराज केसी,प्रा डा दीपक बहादुर भण्डारी,प्रा डा ज्ञानेश्वर शर्मा,प्रा।डा। विश्वराज अधिकारी,प्रा डा केदारनाथ घिमिरे रहेका छन्। यस्तै,प्रा डा पुष्पराज शर्मा,प्रा डा सरोज कोइराला,प्रा डा निर्मला जम्मरकट्टेल,प्रा डा विष्णु राज तिवारी,प्रा डा विनय कुमार मिश्रा,प्रा डा टेकराज ज्ञवाली र प्रा डा दीपकराज पौडेल छन्।
पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनोट तथा सिफारिश समितिले गत कात्तिक २५ गते कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा सूचना प्रथमपटक प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन गरी आवेदन खुलाएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्