Skip to content

सुन व्यवसायी संघकोे सिन्डिकेट रोक्न सर्वोच्चको अन्तरिम आदेश

nmb bank inside

काठमाडौँ । सुन व्यवसायी संघकोे सिन्डिकेट रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले वाणिज्य बैंकहरूबाट आयात गरेर बिक्री गर्ने संघको सिन्डिकेट हटाउन आदेश दिएको हो ।

सुनचाँदी व्यवसायीसँग सम्बद्ध संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै ऋद्धिशिद्धि ज्वेलर्सका तर्फबाट दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले संघमा आवद्ध नभए पनि वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको छ ।

अब निवेदकलाई नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री/वितरण सम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूका संघ/ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न रोक्न पाइने छैन ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्