Skip to content

अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत फेला

nmb bank inside

काठमाडौँ । अछाममा दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका १ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी ​मृत भेटिएका हुन् ।

ढकारी गाउँपालिका( ८ का १४ वर्षीया ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्का शनिबार बेलुकी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दुवैजना साँझ नफर्किएपछि परवार र आफन्तले खोजी गरेका थिए। यसक्रममा शनिबार साँझ साढे ६ बजेतिर जंगलमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्