Skip to content

अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ टिमविरुद्द मुद्दा दायर

काठमाडौँ । अभिनेता अनमोल केसी र उनको चलचित्र ‘फर्की फर्की ‘ टिम विरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै उक्त टिमविरुद्द मुद्दा दर्ता गरेका हुन् ।

उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख गरिएको छ । दायर रिटमा श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्लाटफर्मबाट मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएको भन्दै कार्वाहीको माग गरेका छन् ।

साथै, उनले सोहि कारण आफूलाई मानसिक तथा शारिरीक रुपमा हानिनोक्सानी भएको भन्दै उचित क्षतिपूर्तिको माग राखेका छन् । रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ । उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ ।

यसबारे चलचित्र नियामक निकायलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि मुद्दा दायर गरिएको पनि रिट निवेदनमा उल्लेख गरिएको छ ।

 

arrow प्रतिक्रिया दिनुहोस्