Skip to content

सोमबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेर एक लाख ९८ हजार एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला २३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्