Skip to content
nabil bank inside

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, प्रत्येक परिवारलाई सरकारले दश लाख दिने

nmb bank inside

काठमाडौँ।  जेनजी आन्दोलनमा हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ। जसमध्य  ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी रहेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भई विभिन्न अस्पतालमा उपचारका क्रममा रहेको छन्  । प्रधानमन्त्री सुशीला कार्कीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

हिजो शनिबार उनले अस्पतालहरुमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै मृतकका प्रत्येक परिवारलाई सरकारले दश लाख रुपैयाँ राहत दिने समेत घोषणा गरिन् ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्