काठमाडाैं । भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ज्यान गुमाएका जेन जी सहिदहरूको सम्झनामा मिसेस नेपाल वल्र्ड २०२५ का प्रतियोगीहरूले संविधान सभा भवन परिसरमा दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । सामूहिक रूपमा दिप प्रज्वलन गर्दै उनीहरूले सहिदहरूको बलिदानलाई नमन गर्दै भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध हुने संकल्प व्यक्त गरे।
सहभागीहरूको विश्वास थियो—सहिदहरूको योगदानले नयाँ पुस्तामा आशा र परिवर्तनको प्रेरणा जगाउनेछ । मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागी हुँदै भने, ‘यो श्रद्धाञ्जली कार्यक्रम केवल सहानुभूति मात्र नभई भ्रष्टाचारविरुद्धको हाम्रो साझा आवाज हो।’
स्थानीय युवा र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको कार्यक्रम भावुक वातावरणमा सम्पन्न भयो। सहभागीहरूले केही क्षण मौन धारण गर्दै सहिद आत्माको चिरशान्तिको कामना गरे।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्