काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् ।आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नू होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।’
उनले आफ्नो पहिलो घोषणा भन्दै आफूलाई कसैले बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन समेत भनेका छन् । मन्त्रीका लागि सिफारिस भएका पुनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्