Skip to content
nabil bank inside

वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ : मन्त्री खरेल

nmb bank inside

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले तीन वटा मुख्य उद्देश्यहरु बोकेर अगाडि बढेको बताएका छन् ।बुधबार काठमाडाैं भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय अवलोकन गर्दै उनले फागुन २१ भित्र चुनाव गराउने, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने र आन्दोलनका क्रममा भएका जनधनको क्षतीको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने मुख्य उद्देश्य बोकेर अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘यो सरकार जेन–जी आन्दोलनको जगमा बनेको सरकार हो । र यो सरकारलाई जनसमर्थन प्राप्त छ । यो सरकारलाई देशभरका राजनीतिक दलहरुको समेत सहमति र समर्थनमा बनेको सरकार हो । त्यसकारण यो सरकारका तीन वटा महत्वपूर्ण योजनाहरु रहेका छन् । पहिलो कुरा भनेको फागुन २१ भित्र चुनाव गर्ने हो, दोस्रो भनेको सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने र तेस्रो भनेको अहिले भएको जनधनको क्षतीको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने हो ।’

यस्तै, उनले यो सरकारमा कुनै एउटा निश्चित पार्टीको र निश्चित वर्गको मात्र मान्छे नभएको हुनाले सबैको विश्वास प्राप्त गर्न सक्षम भएको बताए ।उनले भने, ‘यो सरकार सबैको विश्वास प्राप्त सरकार हो । यहाँ कुनै एउटा निश्चित पार्टीको र निश्चित वर्गको मात्र मान्छे छैन् । त्यसकारण यो सरकारलाई सुरुदेखि नै सबै पार्टी र जनताको समर्थन र आन्दोलनको जगमा आएको र राजनीतिक पृष्ठभूमि नभएको मान्छेहरु आएको हुनाले यो सबैको सरकार हो ।’

नेपालको सरकार अस्थिर भएपनि राससभित्र एकता र स्थिरता हुनुपर्ने उनको भनाई छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्