काठमाडौँ। अन्डाको भाउ फेरी बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो।
अन्डाको उत्पादन घटेको र खपत बढेको भन्दै अन्डाको भाउ प्रतिक्रेट ५० रुपैयाँ बढाइएको संघले जनाएको छ। भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको छ।
यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्