Skip to content
nabil bank inside

घरबाट निक्लेको फोहोर बाहिर ननिकाल्न काठमाडौं महानगरको आग्रह

nmb bank inside

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो घरबाट निक्लेको फोहोरहरुलाइ सुरक्षित तरिकाले घरमै राख्न आग्रह गरेको छ। बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि महानगरले घरबाट निक्लेको फोहोरहरु बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको हो ।

काठमाडौं महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कासन हुने फोहोर मैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्