Skip to content
nabil bank inside

मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार

nmb bank inside

काठमाडौं । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले मेनस्ट्रीमका भनिएका मिडिया र पत्रकारहरुले आफ्नो चरित्र हत्या गरेको बताएका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि मिडियाहरुले भए नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको बताए ।

सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कामीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।उनले भने, ‘जाजरकोटमा साह्रा गाउँले उर्लिएर आएर नवराज विकसहित ६ जनाको हत्या भयो । बझाङमा सम्झना कामीको सामूहिक बलात्कार भयो । काठमाडौंमा पढेका, लेखेका, विद्वान भनिएका बुद्धिजीवी भनिएका, मेनस्ट्रीम हामी हौं भनिएका पत्रकारहरुको सामूहिक बलात्कारको सिकार म भएको छु । जसले आफूलाई मेनस्ट्रीम भनेका छन्, जसले आफूलाई विद्वान भनेका छन्, उनीहरुको सामूहिक आक्रमणमा परेर मेरो सामूहिक हत्या भएको छ ।’

साथै, उनले आफूमाथि लागेको आरोप पुष्टि हुने सानो आधार मात्र भेटे हत्कडी लगाएर लैजान आग्रह गरे । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने पनि उनको दाबी छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्