Skip to content
nabil bank inside

अख्तियारको डरले सुजित शाक्य हतारहतार एनआईसीमा हाजिर, कर्मचारीलाई भने, ‘कागजी भए पनि नाफा देखिनुपर्छ, राष्ट्र बैंक मेरो जिम्मा भो’

nmb bank inside
काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्था विपरित गैरकानुनी रुपमा सुजित शाक्य एनआईसी एशियाको सीइओ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बैंकका कर्मचारीले उजुरी गरेपछि शाक्य हतार हतार बैंकमा हाजिर भएका छन् । अख्तियारले अनुसन्धानका लागि राष्ट्र बैंकलाई पत्र लेख्न सक्ने र तत्कालका लागि सीइओ नियुक्ति रोक्न निर्देशन आउन सक्ने देखेपछि ३० दिनको म्याद राखेका उनी हतारहतार एनआईसीमा हाजिर लगाउन गएका हुन् ।
अख्तियारमा उजुरी गर्ने कर्मचारीको ग्याङ्गले पनि उनलाई मुस्कुराउँदै बैंकमा स्वागत गरेका छन् ।
ती मध्ये एक कर्मचारीका अनुसार शाक्यले कागजी रुपमै भए पनि अव बैंकको नाफा राम्रो देखिनुपर्ने र राष्ट्र बैंक आफुले मिलाउने भएकाले चिन्ता नलिन आग्रह गरेका छन् । उनले रिकभरीमा विशेष ध्यान दिनुपर्ने अवस्था भएकाले सबैलाई डटेर काम गर्न निर्देशनसमेत दिएका थिए ।
उनले आफुले केहि कर्मचारीलाई निकाल्न लागेको विषयमा भने छलफलमा कुरा नउठाएको र सबैलाई मिलेर फेरी बैंकलाई नम्बर १ बनाउन लागि पर्न भनेका थिए ।
उनको निर्देशन अनुसार चालु आर्थिक बर्षको त्रैमासमा थोरै प्रगति देखाउने र अर्कोपटक ब्यापक प्रगति देखाउनेगरी कागज मिलाउने तयारी बैंकले गरिसकेको बैंकका कर्मचारीको दाबी छ ।
जीवनको सबैभन्दा ठुलो रहर अर्थात एनआईसी एशिया बैंकको सीइओ बनेपछि उनले आफु निकटका साथीभाइ र प्रतिक्रिया लिन खोज्ने पत्रकारहरुको फोन भने उठाउन छोडेका छन् ।
उनले नबिल बैंक छोड्दा नबिलका अधिकांश कर्मचारी खुसी भए पनि नबिलका सीइओ मनोज ज्ञवालीले भने फेसबुकमा उनलाई बधाई दिएका छन् ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्