Skip to content

सोमबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।आइतबार तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्