काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरुको क्षमता विकास गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याएका छन् ।सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमिकहरु स्वदेश या विदेश जहाँ गएपनि गरेर खान सक्ने बनाउन क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले श्रमिकको क्षमता वृद्धि गराउनुको साथै शिक्षालाई सीपसँग जोड्यो भने सहजीकरण हुने बताए । उनले सरकारको तर्फबाट रोजगारीलाई उद्यमशिलतासँग जोड्दा रोजगारीका लागि प्रोत्साहन मिल्ने बताए ।
उनले भने,‘रोजगारीको वातावरणका लागि श्रमिकहरुलाई क्षमतामा वृद्धि गराउन पर्यो । तलिम दिनुपर्यो । जसका कारण उनीहरु स्वदेश या विदेश जहाँ गएतापनि गरेर खान सक्ने हुनुपर्यो,’ उनले अगाडि भने,‘अहिले शिक्षा क्षेत्र खस्किदो छ । १५ बर्ष लगाएर पढ्छौँ तर ६ महिनाको तालिम लिएर काम गर्न जान्छौँ । त्यसैले शिक्षालाई सीपसँग जोड्न सक्नुपर्छ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्