काठमाडौं । दुप्चेश्वर बचत तथा ऋण सहकारीले मतदाता परिचयपत्र निःशुल्क दर्ता सेवा सञ्चालन गर्ने घोषण गरेकाे छ । दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकलाई लोकतान्त्रिक अधिकार प्रयोगमा सहज पहुँच दिलाउने उद्देश्यले मतदाता परिचयपत्र (Voter ID) निःशुल्क दर्ता सेवा सञ्चालन गर्ने घोषणा गरेको हाे।
सहकारी संस्थाका व्यवस्थापक उमेश रायले अर्थ खबरलाई जानकारी दिँदै भने, ‘यस पहलमार्फत सहकारीका सदस्यहरू मात्र नभई सम्पूर्ण नेपाली नागरिकहरूलाई निःशुल्क दर्ता सुविधा उपलब्ध गराइनेछ’। उनले थप, ‘सहकारी समाजको विकासका लागि संस्थाले सदैव आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धता राखेको छ। मतदाता परिचयपत्र नबनाएका सदस्य तथा नागरिकहरूले २०८२ कार्तिक २८ गतेदेखि २०८२ मंसिर ५ गतेसम्म सहकारी कार्यालय, काठमाडौंमा उपस्थित भई दर्ता प्रक्रिया सम्पन्न गर्न सक्नेछन्।’
सेवासम्बन्धी मुख्य विवरण
– सेवा ८ दिनको अवधिभर उपलब्ध हुनेछ।
-दर्ता सेवाप्रति कुनै शुल्क लाग्ने छैन।
– दर्ता गर्न राष्ट्रिय परिचयपत्र (National ID Card) अनिवार्य छ।
– सेवा सहकारीका सदस्यहरू र सम्पूर्ण नेपाली नागरिकहरूका लागि खुला हुनेछ।
साथै, सहकारी व्यवस्थापक रायले सहकारी संस्थाले नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सहज पहुँच सुनिश्चित गर्न यस सेवालाई प्रभावकारी बनाउन विशेष तयारी गरेको समेत बताएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्