Skip to content
nabil bank inside

‘खजुरी पफ’ स्वास्थ्यका लागि हानिकारक, बजारबाट फिर्ता लिन खाद्य विभागको निर्देशन

nmb bank inside

काठमाडौँ। बजारमा अत्याधिक रुचाइएको ‘खजुरी पफ’ स्वास्थ्यका लागि हानिकारक रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको  ‘पफ’ स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको हो।

विभागले बजार अनुगमन क्रममा संकलन गरेका पफका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको हो ।

खजुरीको उद्योगले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको विभागको ठहर छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था छ ।

तर, परीक्षणका क्रममा खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी रहेको पाइएपछि विभागले उक्त उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्