Skip to content

सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध छु : सञ्चारमन्त्री

nmb bank inside

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रममा सरकारले समयमै निर्वाचन गराई सुशासनको अनुभूति गराउनेमा प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देश वर्तमान संवेदनशील समयमा रहेको भन्दै परिवर्तनको जिम्मेवारी सबैको काँधमा रहेको बताएका हुन् ।

उनले पठन संस्कृतिको विकासमा किताब जात्राले ठूलो योगदान गरेको भन्दै यसको प्रशंसा पनि गरेका छन् । शिक्षा जीवनका लागि उज्यालो ज्योति भएको उल्लेख गर्दै उनले सबैले पठन संस्कृतिलाई आत्मसात् गर्न आग्रह पनि गरेका छन्।

उनले भने, ‘संवेदनशिल समयमा सरकारमा सहभागी छौं। मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाउने दायीत्व सबैको काँधमा छ। यसतर्फ हामी सबैको ध्यान जाओस्। सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिवद्ध छु।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्