काठमाडौँ। नेपाली सेनाले रिक्त रहेका पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । जंगीअड्डाले शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न प्राविधिक पदहरुका लागि ३ सय ८८ जना कर्मचारी मागेको हो ।
सेनाले जारि गरेको सूचना अनुसार सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिकस, भिडियोग्राफरदेखि पुजारीसम्मका पदहरुका कर्मचारी मागेको छ। सेनाले सोही विज्ञापनमार्फत कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाले दरखास्त आह्वान गरेको उक्त पदहरुमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले पुस २६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनको दस्तुत पदअनुसार २ सय, ३ सय र ४ सय तोकिएको छ । अन्य समूहमा आवेदन दिँदा भने थप २० प्रतिशत शुल्क लाग्छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्