Skip to content

जेन–जीहरुले आफ्नो स्वर परिवर्तन गरेकाे भन्दै मेयर महर्जनकाे आपत्ति

nmb bank inside

काठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेन–जीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताउनु भयो । तर जेन–जीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको भन्दै यस्तो गर्न नपाइने मेयर महर्जनको भनाइ छ । निर्वाचन हुनैपर्ने र निर्वाचन सफलीभुत बनाउने काममा जेन–जीहरुले पनि सहयोग गर्नुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्युको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर अलिकति मलाई चिसो परिरहेको छ की, जेन–जीले आमा  भन्छन्, भनिरहेको पनि छन् । तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेका छन् , चुनाव हुन दिँदैनौँ भनिरहेको छन् । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । चुनाव गरेर यो सरकार डिरेल भइरहेको अवस्था जुन छ, त्यसलाई रेलमा ल्याउने जुन प्रकारको मुख्य दायित्व छ, त्यो काममा सफल बनाउनुपर्छ ।’

महानगर प्रमुख महर्जनले जेन–जीहरुको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन सफलीभुत गराउन सहयोग गर्नैपर्ने पनि बताए । ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्