काठमाडौँ। नेकपा एमालेको सचिवमा पनि ओली प्यानलकै जित भएको छ। ओलीको प्यानलका महेश बस्नेतले सर्वाधिक मत ल्याएर बिजयी भएका हुन्।
जसमा महेश बस्नेतले १५ सय ४४ मत पाएका छन् भने पद्माकुमारी अर्यालले १५ सय ३० मत पाएकी छिन् । ९ जना सचिवमा छविलाल विश्वकर्मा तेस्रो हुँदै १५ सय ६ मत पाए । शेरधन राईले १५ सय ३ मत पाउँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३ सय ३७ मत पाए । खगराज अधिकारीले १२ सय ३१ मत पाउँदा यामलाल कँडेलले ११ सय ८५ मत पाए ।
यस्तै राजन भट्टराईले ११ सय ८१ मत पाउँदा भानुभक्त ढकालले ११ सय ८ मत पाए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्