काठमाडौँ। मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आज मंगलबारपनि आन्दोलन जारी राखेका छन् ।वर्तमान सरकारविरुद्द उनीहरु सोमबारदेखि आन्दोलन शुरु गरेका हुन्। जेनजीले बनाएको वर्तमान सरकारले जेनजिको माग पुरा गर्न नसकेको भन्दै उनीहरुले प्रधानमन्त्री शुसिला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

साथै, उनीहरुले सुशीला कार्कीको सरकारले जेनजीको माग पुरा गर्न छाडेर निर्वाचनलाई मात्र प्राथमिकतामा राखेको भन्दै जेनजीको माग चुनाब नभएर देशमा सुशासन रहेको बताउँदै आएका छन्।उनीहरुले घाइतेहरुको माग तत्काल पुरा गरेर घाइते र सहिद जेनजीहरुको न्याय माग्दै आन्दोलनमा उत्रिएका हुन्। साथै उनीहरुले जेनजीको माग पुरा नहुँदा सम्म चुनाब हुन नदिने समेत चेतावनी दिएका छन्। बाकिँ तस्विरमा हेर्नुहाेस्: