Skip to content

केपी ओली झापा-५ बाटै उम्मेदवार, बिष्णु पौडेलले एरिया फेरे !

nmb bank inside

काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि प्रमुख नेताहरूको उम्मेदवारी टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ र उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पाल्पा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

अध्यक्ष ओली झापा–५ बाट उम्मेदवार बनेसँगै त्यहाँ रोचक प्रतिस्पर्धा हुने देखिएको छ। झापामा ओलीको प्रतिष्पर्धा स्वतन्त्र उम्मेदवार बालेनसँग हुने बताइएको छ। यसैबीच नेकपाले सोही क्षेत्रमा रञ्जित तामाङलाई समेत उम्मेदवार बनाइसकेको जनाएको छ।

उपाध्यक्ष विष्णु पौडेल भने रुपन्देही–२ छाडेर पाल्पा–२ बाट उम्मेदवार बनेका हुन्। रुपन्देही–२ मा एमालेको जित चुनौतीपूर्ण हुने कार्यकर्ताबाट आएको ब्रिफिङपछि पौडेललाई पाल्पा–२ सारिएको स्थानीय कार्यकर्ताहरूले बताएका छन्।

पार्टी नेतृत्वको उम्मेदवारी टुंगोसँगै एमालेले चुनावी तयारीलाई तीव्र बनाउने संकेत गरेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्