Skip to content

आइतबार सुनको मूल्य बढ्दा, चाँदीको घट्यो

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो। यो सँगै आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २  सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८  सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसतै, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्