Skip to content

एकैदिन १० हजार ४ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? 

nmb bank inside

काठमाडौँ । बुधबार सुनको मूल्य ह्वातै बढेर ३ लाख नजिक पुगेको छ । आज सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढेर ३ लाख नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ।

कारोबारको अघिल्लो दिन मंगलबार सुनको भाउ तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको हो । यो सँगै आजका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्