काठमाडौँ। बुधबार सुनको मूल्य ह्वातै बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । यो बढोत्तरी सँगै आज सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि ४ सय ३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्