काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वातै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २० हजार ५ सय रुपैयाँले घटेको हो। यो गिरावटसँगै आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बिहिबार सुनको मूल्य २० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४ सय ४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्