काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेसँगै बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको हो ।
आज माघ २० गते बाट नै लागु हुने गरी शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ शर्मा यसअघि सनराइज बैंकमा सीईओ रहेका थिए । यस्तै उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्