Skip to content

शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले घटेको हो। यो गिरावट सँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाामा कारोबार भएको छ ।

कारोबारको अघिल्लो दिन बिहिबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ सय ७० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइहेको छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्