काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबारको अघिल्लो दिन सोमबार सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला पाँच हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्