काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । बिहीबारदेखि लागु हुने गरी स्थानीय प्रशासनले एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा जारी गरिएको हो ।
विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासको क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने आदेशमा उल्लेख छ ।
‘निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् विना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिबद्ध रहेको छ,’ आदेशमा उल्लेख छ ।
स्थानीय प्रशासनले पूर्वजानकारी गराई गरिने विरोधका कार्यक्रमबाट पनि सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा क्षति भए आयोजकबाट क्षतिपूर्ति वापतको रकम असुल गरिने बताएको छ । राप्रपा तथा राजावादी समूहले फागुन १ गते त्रिभुवन विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न भन्दै आह्वान गरेका छन्।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्