काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो। योसँगै आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला तीन लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँले घटेको छ । यो गिरावटसँगै आजका लागी चाँदीको भाउ प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्