Skip to content

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

nmb bank inside

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको  छ । नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ ।

चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्