काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन्। घिसिङले बिहान ७ बजे नै बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्। घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।
मतदान सकेर उनले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित्ने बताएका छन् ।साथै उनले अहिलेसम्म निर्वाचनको अवस्था शान्तिपूर्ण नै रहेको प्रतिक्रिया दिएका छन् । तर, केही कतै पैसा बाँडेको भन्ने सुनेको र त्यो आफ्नै क्षेत्रमा पनि सुनिएको उनले बताए । उनले पहिलो पटक आफ्नै नेतृत्वमा पार्टी खोलेर उम्मेदवार बनेर मतदान गरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्