Skip to content

घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

nmb bank inside

काठमाडौँ । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य क्रेटमै ४० रुपैयाँसम्मले घटेको जनाएको हो।

नयाँ मूल्यसूची अनुसार एक्स एल अण्डाको मूल्य ४० रुपैयाँले घटेर ४ सय ५५ रुपैयाँमा झरेको छ । यसअघि एक्स एल अण्डाको मूल्य ४ सय ९५ रुपैयाँ थियो ।

त्यस्तै, ठुलो अण्डाको मूल्य क्रेटमा ३५ रुपैयाँले घटेर ४ सय ४० रुपैयाँमा झरेको छ । यता मिडियम (मझौला) अण्डाको मूल्य पनि क्रेटमा ३५ रुपैयाँले नै घटेर ४ सय ४५ रुपैयाँबाट ४ सय १० रुपैयाँमा झरेको छ । हाल बजारमा अण्डाको खपत घटेसँगै मूल्य पनि घटेको संघले जनाएको छ ।

संघका अनुसार हाल नेपालमा दैनिक ५० लाख गोटा भन्दा बढी अण्डा उत्पादन भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्