Skip to content

सोमबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

कारोबारको अघिल्लो दिन आइतबार पनि सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख  ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्