काठमाडौं । माछापुच्छ्रे बैंकमा मार्केटिङ विभाग प्रमुख सुनिल खतिवडा, पहिला हाकिम, अहिले इन्चार्च भनिएकि सुनिता शर्मा ढकाल र स्वयम् सिइओ सन्तोष कोइरालाको मिलेमतोमा हदैसम्म मनपरी गरेको पाईएको छ । आयोजकलाई प्रायोजनका नाममा पैसा दिने र पछि सोही आयोजकबाट अवार्ड लिनेे काम भएको हो।
सुरुमा बैंकले प्रदेश खबर नामक अनलाइनलाई विग्यापनका नाममा पैसा दियो । बैंक स्रोतका अनुसार सोही अनलाइनको आयोजनामा हुने कोशी एक्सीलेन्सी अवार्डमा एउटा अवार्ड कोइरालालाई दिने सम्झौता भएको थियो । त्यसका लागि सिइओ कोइरालाले बजेट कसरी मिलाउने भनेर खतिवडा र शर्मासँग कुरा गरेका थिए ।
शर्माले कुनै मिडियाको बजेट काटेर सो बजेट मिलाउन सकिने बताए अनुसार नै काम भएको छ । आफुले आर्थिक कारोबार गरेको संस्थाबाट अवारद लिएको विषयमा राष्ट्र बैंकको पनि चासो देखिएको छ । `कांग्रेसको सरकार हुन्जेल र गभर्नर विश्वनाथ पौडेल हुन्जेल माछापुच्छ्रे बैंकलाई केहि पनि गर्न सकिएन । अब नयाँ सरकार आएपछि बैंकलाई कार्वाही हुन्छ ।´ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने `आफैँले पैसा दिने संस्थाबाट अवार्ड लिनु सिधा भ्रष्टाचार हो । कोइरालालाई हदैसम्म कार्वाही हुनुपर्छ ।
बरु उजुरी आएको छ कि छैन, त्यो हेर्न बाँकी छ ।´ सुनिल खतिवडा पछिल्लो समय बैंकमा मार्केटिङ बिभागको हाकिम बनेर आएपछि बैंकमा झम भ्रष्टाचार बढेको छ । सुनिता शर्माले मनपरी गरेको भन्दै बैकले खतिवडालाई हाकिम बनाएर ल्याएको थियो भने शर्मालाई हटाउने कोसिस गरेको थियो । तर काँग्रेसी नेताले फोन गरेपछी शर्माको जागिर जोगिएको थियो । अहिले तीनै जना मिलेर बैंकमा मनपरी गरिरहेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्