Skip to content

मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको हो। योसंगै आज सुन प्रतितोला २ लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्