काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत भएको हिंसाबारे सदनमा ध्यानाकर्षण गराइएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेकी सांसद विष्णुमाया बिकले नारा–जुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी हुन् ।
त्यस्तै उनले महिला हिंसाको विषयमा पार्टी नहेरी सबै महिला सांसदहरु एक ढिक्का भएर आवाज उठाउनेपर्ने पनि धारणा राखिन् ।
उनले भनिन्,‘ अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले गरेको प्रदर्शनमा अमिशाले नाराजुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला गरिएको छ । हामीले महिला हक अधिकारको लागि लामो समयदेखि लड्दै आएको छौं । महिला माननीयज्यूहरुलाई आग्रह गर्छु–महिला हिंसाको विषयमा पार्टी नहेरेर एक ढिक्का भएर आवाज उठाऊ ।’
त्यस्तै उनले सामाजिक सञ्जालले प्रधानमन्त्री र मन्त्री कसलाई बनाउने भन्ने समेत निर्धारण गरिरहेको बताउँदै सामाजिक सञ्जाललाई तुरुन्त नियमन गर्न माग गरिन् ।
साथै अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तुरुन्त रिहाई गरी अनुसन्धान गर्न पनि उनले आग्रह गरिन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्