Skip to content

पेट्रोलियम पदार्थको मूल्य घट्यो

nmb bank inside

 काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहिबार रातीदेखि लागु हुनेगरि पेट्रोलको मूल्य २ रुपैयाँ , डिजेल र मट्टितेलको मूल्य १२ रुपैयाँले घटाएको हो। 

योसँगै नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौँ, दिपायल र पोखरामा प्रतिलिटर २ सय १७ रुपैयाँ पुगेको छ । यसअघि सुर्खेत र दाङमा प्रतिलिटर २ सय १८ रुपैयाँ रहेको पेट्रोल घटेर २ सय १६ रुपैयाँ पुगेको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा २ सय १४ रुपैयाँ ५० पैसा पुगेको छ ।

पेट्रोल र डिजेलको मूल्य घट्दा हवाई इन्धनको मूल्य भने बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ७ रुपैयाँले बढाइएको छ । अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर ४६ डलर बढाइएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्