Skip to content

सोमबार सामान्य बढ्यो सुनचाँदीको मूल्य

nmb bank inside

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कायम भएको थियो ।

 

 

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्