Skip to content

मंगलबार घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्