काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ३ सय ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्