Skip to content

एकैदिन २० हजार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।

यो सँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्