काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, १७ हजार ७ सय ८६ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका छन् ।
शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजा विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाईट वा नेपाल टेलिकमको (neb.ntc.net.np) मा लगइन गरेर हेर्न सक्नेछन ।
त्यस्तै, NEB टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा पठाएर वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर पनि नतिजा हेर्न वा थाहा पाउन सकिनेछ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्