काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९ सय रुपैयाँले घटेको हो।
यो सँगै आज सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्