काठमाडौं । लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १०९ किलो ९६ ग्राम सहित धादिङ गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन समेत २ जनालाई पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २६ वर्षीय उमेश चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३७० मिलिग्राम सहित बढैयाताल गाउँपालिका-६ बस्ने २४ वर्षीय आशिष थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्