Skip to content

उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

nmb bank inside

काठमाडौं । प्रतिकूल मौसम तथा न्यून भिजिबिलिटीका कारण उपराष्ट्रपति रामसहाय प्रसाद यादव सवार विमानले केही समय निजगढको आकाशमा होल्ड गरेको छ । 

उपराष्ट्रपति यादव कतारका पूर्व अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति राष्ट्रपतिका तर्फबाट समवेदना व्यक्त गर्न असार ३० गते कतार प्रस्थान गरेका थिए ।

उनी आज अपराह्न ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भीआईपी लाउन्ज) मा अवतरण गर्ने कार्यक्रम रहेको थियो, तर भिजिबिलिटीका कारण कतार एयरवेजको QR646 (QTR646) नम्बरको बोइङ ७८७–८ ड्रीमलाइनर विमान काठमाडौं अवतरण हुन कठिन भएको हो । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्